खेल

क्रिकेट कप्तान पारस राष्ट्रिय स्वयंसेवक नेपालको सद्भावना दुतमा नियुक्त

क्रिकेट कप्तान पारस राष्ट्रिय स्वयंसेवक नेपालको सद्भावना दुतमा नियुक्त
फागुन–१८ । नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का राष्ट्रिय स्वयंसेवक नेपालको सद्भावना दुतका रुपमा नियुक्त भएका छन् । बुधबार राष्ट्रिय पुननिर्माण प्राधिकरणको कार्यलयमा भएको कार्यक्रममा खड्कालाई सद्भावना दुतका रुपमा नियुक्त गरिएको हो । सद्भावना दुतको रुपमा क्रिकेट कप्तान पारसले देशभरबाट एक लाख राष्ट्रिय स्वयंसेवकहरुको संजाल विस्तार गर्ने र ती मध्ये २० हजार प्रतिवद्ध स्वयंसेवकहरुलाई कुनै पनि बेला सक्रिय रहन मदत पुर्याउने बताए । कार्यक्रममा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डाक्टर गोविन्द पोखरेलले देशको पहिलो आवश्यकता पुननिर्माण भएकाले समाज सेवा गर्ने भावना बोेकेका युवाहरुलाई पुननिर्माणमा जुट्न आग्रह गरे ।

पारस खड्का राष्ट्रिय स्वयंसेवक नेपाल सद्भावना दुत

विशेष