देश स्वास्थ्य

स्वस्थ बच्चा प्रतियोगितामा बिमल घर्ती प्रथम

स्वस्थ बच्चा प्रतियोगितामा बिमल घर्ती प्रथम
फागुन - १८ । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटद्वारा गरिएको स्वस्थ बच्चा प्रतियोगितामा भेरीमालिका नगरपालीका–५ छिप्रेनाका बिमल घर्ती प्रथम भएका छन् । स्वस्थ बच्चाका लागि आवश्यक सूचकहरु पूरा गरेर २ महिनाका घर्ती प्रतियोगितामा प्रथम भएका हुन् ।
पाँचौ स्वास्थ्य दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले पोषण लक्षित कार्यक्रमलाई सुदृढ गर्नका लागि स्वस्थ बच्चा प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा ३४ जना बच्चाहरुलाई सहभागि गराईएको थियो । प्रतियोगितामा भेनपा–१ रिम्नाका ९ महिने समिर रसाईली द्धितिय भएका थिए भने, भेनपा–३ स्यालाकी ८ महिने दिवानी कार्की तृतिय भएकी थिईन् । प्रतियोगितामा बच्चा जन्मनु पूर्व ४ पटक गर्भजाँच गरिएको हो कि ? हैन ?, बच्चाको आमा संस्थागत सुत्केरी भएकी हुन कि ? हैनन् ?, बच्चाको आमाले ३ पटक उत्तर प्रसुती जाँच गराएको छन कि ? छैन ?, बच्चाको उम्मेरअनुसार सबै खोप लगाएको छ कि ? छैन ?, बच्चाको नियमित बृद्धी अनुगमन गरिएको छ कि ? छैन ? बच्चाको उम्मेर अनुसारको नाप र तौल छ कि ? छैन ?, बच्चालाई नियमित स्तनपान गराईएको छ कि ? छैन ?, ६ महिनाभन्दा माथिका बच्चालाई पुरक खानामा “हरवार खाना चार” लाई लागू गरिएको छ कि ? छैन ? जस्ता विषयहरुको आधारमा बच्चाको मूल्याङ्कन गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ । प्रतियोगितामा सहभागी बच्चाहरुको बृद्धी अनुगमन कार्डको मूल्याङ्कण गर्दा सिघ्र कुपोषित २ जना रातो कार्ड भएका बच्चा फेला परेको अनमी जयकुमारी खड्काले जानकारी दिईन् । त्यसैगरी प्रतियोगितामा सहभागी ३४ जना बच्चाहरुमा मध्यम कुपोषित ४ जना पहिलो कार्ड भएका बच्चाहरु फेला परेकाे अनमी खड्काले भनिन् । स्वास्थ्य दिवसको अवसरमा स्वस्थ बच्चाहरुको प्रतियोगिता गराउनुको साथै ६२ जनाको निःशूल्क रक्तचाँप जाँच गरिएको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ । उपचार सम्भव नभए रक्तचाँपका बिरामीहरुलाई प्रेषण गर्ने योजना तय गरिएको भएता पनि असन्तुलित रक्तचाँपका बिरामीहरु फेला नपरेको खेम पुनले जानकारी दिए । साथै दिवसकै अवसरमा महिला एकल र पुरुष युगल ब्याडमेन्टन प्रतियोगिताको पनि आयोजना गरिएको थियो ।
दीपबहादुर घर्ती / जाजरकोट

Bimal Gharti Healthy Baby Jajarkot

विशेष