समाज

ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन

ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन
फागुन - १८ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले उपत्यकाको ट्राफिक व्यवस्थापन थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्। आज महाशाखामा पद बहाली गर्दै महाशाखाका प्रमुख लामाले उपत्यकामा दिनानुदिन बढ्दै गएको सवारी चापलाई व्यवस्थापन गर्न महाशाखामा कार्यरत कर्मचारीलाई निर्देशन दिएका हुन्। लामाले ट्राफिक नियमको उल्लङ्घन गर्ने प्रवृत्तिका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन गर्ने कार्य जटिल बन्दै गएको भन्दै यसलाई रोक्न सबै पक्षसँग आग्रहसमेत गरे। उनले भने, “उपत्यकामा अत्याधिक धुलोका कारण दैनिक धेरै ट्राफिक बिरामी परेकाले शतप्रतिशत धुलो छेक्ने मास्कको व्यवस्था गरिनेछ ।” उनले ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाउन अहिले उत्पन्न समस्यालाई हटाउन प्रयत्न गर्ने बताए। लामाले भौतिक पूर्वाधारको अभावले कतिपय ट्राफिकको बसोबास राम्रो नभएको भन्दै भौतिक पूर्वाधार विकासका लागि पहल गर्ने बताए ।

Traffic Jam

विशेष