स्वास्थ्य

ठाकुरद्वारामा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

ठाकुरद्वारामा निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न
फागुन - १८ । बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय परिसर ठाकुरद्वारामा विभिन्न रोगका विरामीहरुका लागि निःशुल्क बिशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । निकुञ्ज आसपासका स्थानियका लागि विभिन्न रोगका बिरामीहरुलाई स्वास्थ्य परिक्षण गराई सेवा दिन बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको निकुञ्जले जनाएको छ । नेपाल मेडिकल काउन्सील, भेरी अञ्चल शाखा संगको सहकार्य तथा विभिन्न संघ संस्थाको सहयोगमा बर्दिया निकुञ्जले संरक्षण अभियानमा लागेकाहरुलाई स्वास्थ्य जाँच एवं उपचार दिने उद्देश्यले स्वास्थ्य शिवीरको आयोजना गरीएको हो । शिवीरमा दाँत रोग, आँखा रोग, नाक, कान, घाँटी रोग, हाड जोर्नी तथा नशा रोग, बाल रोग, स्त्री रोग छाला रोग, यौन रोग लगायतका झण्डै ३ हजार विरामीहरुको जाँच उपचार गरिएको बताईएको छ ।

Health Chick

विशेष