खेल

रियल मड्रिडलाई पछि पार्दै बार्सा ला लिगाको शीर्ष स्थानमा

रियल मड्रिडलाई पछि पार्दै बार्सा ला लिगाको शीर्ष स्थानमा

फागुन १९ । स्पोर्टिङ गिजोनलाई पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत गए राति भएको खेलमा रेलिगेसन जोनमा रहेको स्पोर्टिङ गिजोनलाई ६–१ ले पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन स्टार स्ट्राइकरहरु लिओनल मेस्सी, लुइस स्वारेज, नेइमार तथा पाको अल्कासेर र इभान रेकिटिकले एक एक गोल गरे । बार्सिलोनाका लागि एक आत्मघाती गोलको उपहार पाएको थियो । स्पोर्टिङ गिजोनका कार्लोस काष्ट्रोले एक गोल फर्काए ।

नाउ क्याम्पमा भएको खेलमा खेलको नवौ मिनेटमा मेस्सीको गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो । खेलको ११ मिनेटमा गिजोनका जुआन रोड्रिगेजले आत्मघाती गोल गरे । खेलको २१ औ मिनेटमा काष्ट्रोले गोल गरेपछि गिजोन खेलमा फर्कने कोशिस गर्यो । तर, २७ औ मिनेटमा स्वारेजले एक गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ३–१ ले को अग्रता बनाएको थियो ।

गिजोनमाथी एकतर्फी जित निकाल्ने क्रममा बार्सिलोनाले दोस्रो हाफमा थप ३ गोल गर्यो । दोस्रो हाफको ४९ औ मिनेटमा अल्कासेरले बार्सिलोनाको लागि चौथो गोल गर्दा ६५ औ मिनेटमा नेइमारले गोल गरेपछि बार्सिलोनाको अग्रता ५ – १ मा पुग्यो । त्यसपछि खेलको ८७ औ मिनेटमा रेकिटिकले गोल गरेपछि बार्सिलोनाले ६ – १ को जित निकाल्यो ।

जितसंगै बार्सिलोना रियल मड्रिडलाई पछि पर्दै ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनाले २५ खेलमा ५७ अंक जोडेको छ । दोस्रो स्थानमा झरेको रियल मड्रिडको ५६ अंक छ । रियल मड्रिड बुधबार राति नै लास पालमससँग ३–३ को बराबरीमा रोकिएपछि बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । तर, रियल मड्रिडले एक कम खेल खेलेको छ ।

Fc Barcilona la liga

विशेष