खेल

तिलोत्तमा गोल्डकपमा रुपन्देही ११ र त्रिभुवन आर्मी भिड्दै

तिलोत्तमा गोल्डकपमा रुपन्देही ११ र त्रिभुवन आर्मी भिड्दै
फागुन १९ । बुटवलमा जारी तिलोत्तमा गोल्डकपको दोस्रो सेमिफाईनलमा आज अग्नी रुपन्देही ११ र त्रिभुवन आर्मी बीच प्रतिस्पर्धा हुँदैछ । एन्फा टेक्निकल सेन्टरमा हुने खलमा दिउँसो ३ बजे पछि सुरु हुनेछ । आयोजक क्लब रुपन्देहीले धरान फुटबल क्लब र आर्मीले अर्को विभागीय टिम पुलिसलाई पराजित गर्दै सेमिफाईनल भिडन्त पक्का गरेका हुन् । विजेता टोलीले उपाधिका लागि संकटा क्लबसंग प्रतिस्पर्धा गर्नेछ । हिजो भएको खेलमा हिमालयन शेर्पा क्लबलाई २– १ गोल अन्तरले पराजित गर्दै संकटा क्लब उपाधि नजिक पुगेको छ । तीन विभागीय सहित १० टोली सहभागी प्रतियोगीताको विजेताले ५ लाख ५१ हजार रुपैया पुरस्कार हात पार्नेछन् ।

Tilotama Goldcup

विशेष