खेल

अग्युरोले दुई गोलका साथ सिटी ५-१ले विजयी, क्लब एफए कपको क्वाटरफाइनलमा

अग्युरोले दुई गोलका साथ सिटी ५-१ले विजयी, क्लब एफए कपको क्वाटरफाइनलमा
फागुन–१९ । जारी एफए कप फुटबलमा म्यानचेस्टर सिटीले क्वाटरफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । बुधबार राति भएको खेलमा पाँचौ चरणको रि प्लेमा सिटीले च्याम्पियनसिप क्लब हडर्सफिल्ड टाउनलाई ५–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । यसअघिको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पुन : रि प्ले भएको हो । रि प्लेमा सिटीको लागि सर्जियो अग्युरोले दुई गोल गरे भने लेरोए साने, पाब्लो जावालेटा र केहीची ईहिनाचोले एक–एक गोल गरे । हडर्सफिल्डको लागि भने हयारी बुनले मात्र एक गोल गर्न सफल भए । खेलको ७ औं मिनेटमै हडर्सफिल्डकवो लागि हयारीले सुरुवाति अग्रता दिलाएका थिए । तर सानेले ३० औं मिनेटमा सिटीको लागि बराबरी गोल फर्काए । त्यस्तै ३५ औं मिनेटमा पाएको पेनाल्टीको सदूपयोग गर्दै अग्युरोले एक गोल तथा ३८ औं मिनेटमा पाब्लोले गोल गरेपछि पहिलो हाफमा सिटीले ३–१ को अग्रता लियो । अग्युरोले खेलको ७३ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४–१ गोल अन्तरमा पुर्याए । त्यस्तै अतिरिक्त समयमा केहीचीले गोल गर्दै सिटीलाई ५–१ को जित दिलाए । सिटीले अब मार्च ११ मा मिडल्स्वर्गसँग क्वाटरफाइनल खेल खेल्नेछ ।

अग्युरो एफए कप म्यानचेस्टर सिटी

विशेष