मनोरञ्जन

अमिताभले छोराछोरी दुबैलाई बराबर अंश दिने

अमिताभले छोराछोरी दुबैलाई बराबर अंश दिने

फागुन – १९ । बलिउडका बीग बी अमिताभ वच्चनले सामाजिक सञ्जालमार्फत आफ्नो सम्पत्ती भागबन्डा गर्नेबारे मुख खोलेका छन् । उनले आफूले आफ्नो सबै सम्पत्ती छोरा र छोरी दुबैलाई बराबर दिने बताएका छन् । उमेरले ७४ लागीसकेका वच्चनले आफ्नो ट्वीट्रमा एक स्टाटस हाल्दै उक्त कुराको जानकारी दिएका हुन् । लैंगिक समानताको विषयको लागि यो कदम उदाहरणीय हुने उनले बताए । स्टाटसमा उनले लेखे ‘जब म मर्छु मेरो रहेको बाँकी सम्पत्तीमा छोरा र छोरी दुबैको बराबर हक लाग्छ । हामी सबै बराबर छौं ।’ वच्चनका दुई छोराछोरी छन् । जेठी छोरी श्वेता वच्चन नंदा ४२ वर्ष भइन् भने छोरा अभिषेक वच्चन ४१ वर्ष ।

Amitab Bachchan

विशेष