मनोरञ्जन

टाइगर श्राफका बारेमा थाहा नभएका ४ तथ्य यस्ता छन्

टाइगर श्राफका बारेमा थाहा नभएका ४ तथ्य यस्ता छन्
फागुन – १९ । चर्चित अभिनेता टाइगर श्राफको आज २७ औँ जन्मदिन हो । अभिनेता ज्याकी श्राफका छोरा टाइगर चर्चित नृत्यकार पनि हुन् । बलिउडमा आएको ३ वर्षमात्र भएपनि उनले प्रशस्त फ्यानहरु बटुलिसकेका छन् । उनका बारेमा थाहा नभएका कुरा यस्ता छन् । १) टाइगर श्राफको असली नाम जय हेमन्त श्राफ हो । उनको असली नामको धेरै पटक सामाजिक सञ्जालमा मजाक पनि उडाइएको छ । उनी सानो छँदा बाघ जसरी टोक्ने भएकाले ज्याकी श्राफले उनको नाम टाइगर राखिदिएका हुन् । २) उनी साकाहारी हुन् । उनको ज्यान देखेर सबैलाई यसले के खाँदा हो भन्ने कौतुहूलता हुन्छ । उनी हरियो सागपात खानबढि रुचाउँछन् र उनी धुम्रपानबाट पनि टाढै बस्ने गर्छन् । ३) आमीर खानले फिटनेसका धेरै ज्ञान टाइगरसँग लिएका थिए । आमीर खानले धुम ३ मा बनाएको ज्यानको चौतर्फी तारिफ गरियो । यो सबै गर्नका लागि आमीरले टाइगरको सहयोग लिएका थिए । ४) फिल्ममा आउनु अघि टाइगर डान्सर बन्न चाहन्थे । उनले मार्सलआर्टस् पनि सिकेका छन् । उनलाई डान्सर की त खेलाडी बन्ने रहर थियो । उनले टाइक्वान्डोमा पाचौँ श्रेणीको ब्ल्यक बेल्ट पनि हासिल गरिसकेका छन् ।

Tiger Shroff

विशेष