खेल

तिलोत्तमा गोल्डकपको उपाधिको लागि त्रिभुवन आर्मी र संकटा भिड्ने

तिलोत्तमा गोल्डकपको उपाधिको लागि त्रिभुवन आर्मी र संकटा भिड्ने
फागुन–१९ । त्रिभुवन आर्मी क्लब रुपन्देहीमा जारी १९ औं तिलोत्तमा गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा आयोजक रुपन्देही–११ लाई पराजित गर्दै फाइनलमा प्रवेश गरेसँगै उपाधिको लागि सिएमजि संकटा क्लबसँग भिड्ने भएको छ । आर्मीले रुपन्देही–११ लाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गर्यो । देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटमा पनि दुवै टोलीले गोल गर्न सकेनन् र खेल पेनाल्टी सुटआउटमा पुग्यो । पहिलो सेमिफाइनलमा संकटाले हिमालयन शेर्पा क्लबलाई पराजित गरेर फाइनलमा प्रवेश गरेको थियो । उपाधि विजेताले पुरस्कार स्वरुप रु. ५ लाख ५५ हजार ५५५ र उपविजेता रु ३ लाख ५५ हजार ५५५ प्राप्त गर्ने आयोजक रुपन्देही फुटबल संघले जनाएको छ ।

तिलोत्तमा गोल्डकप त्रिभुवन आर्मी फाइनल संकटा

विशेष