समाज

हावाहुरीका कारण एफएमको टावर भाँचियो

हावाहुरीका कारण एफएमको टावर भाँचियो
फागुन–१९ । बिहीबार दिउँसो चलेको हावाहुरीका कारण साेलुखुम्बुकाे सदरमुकाम सल्लेरीस्थित शिखर एफएम ९९.६ मेगाहर्जको टावर भाँचिएको छ । सदरमुकाम सल्लेरीमा बिहीबार बिहानैदेखि ठूलो हावाहुरी चलेकामा अपराह्न करिब ३ः३० बजे एफएमको टावर भाँचिएको एफएम सञ्चालक समितिका सदस्य दीपकराज भण्डारीले जानकारी दिनुभयो । विसं २०७० देखि सञ्चालनमा आएको सो व्यावसायिक एफएम एक हजार वाट क्षमताको हो । रासस

एफएमको टावर साेलुखुम्बु हावाहुरी

विशेष