देश

मानव सिर्जित पहिरोको उच्च जोखिममा तीनवटा घर

मानव सिर्जित पहिरोको उच्च जोखिममा तीनवटा घर
फागुन - १९ । जिल्ला सरदरमुकाम खलंगामा मानव सिर्जित पहिरोको उच्च जोखिममा तीनवटा घर परेका छन् । तिब्र शहरीकरणको प्रभावमा रहेको जाजरकोट सदरमुकाम खलंगामा पक्की घर बनाउनलाई डोजर लगाएर घडेरी खन्ने पछि मानव सिर्जित पहिरो गएर तीनवटा घर उच्च जोखिममा परेका हुन् ।
सदरमुकाम खलंगामा रहेको सिटीजन बैंक तथा नयाँ नेपाल होटल नजिकै रहेको एरियामा पक्की घर बनाउनलाई एक साता पहिले देखि डोजर लगाएर घडेरी खन्ने कार्य अगाडि बढाइएको थियो । नयाँ नेपाल होटल रहेको घरदेखि भीमराज सिंहको घर सम्म २८ मिटरको मोडामा एक साथ डोजर लगाएर घडेरी खन्ने काम गरिएको थियो । डोजर लगाएर उक्त घडेरी खनेपछि घडेरी भन्दा माथिल्लो साईटवाट गए राती पहिरो गएर प्रेम वली, खड्कबहादुर खत्री र महेश्वर शर्माको घर उच्च जोखिममा परेका छन् । राती गएको पहिरोवाट घरहरु नै जोखिममा परेपछि तीनवटा घरमा डेरा गरि बसीरहेका दर्जनौ बिद्यार्थी तथा अन्य कर्मचारीहरु बिस्थापित भएका छन् । तीनवटै घरका घरमालिकहरु पनि अर्काकै घरमा डेरा लिएर बस्नु पर्ने बाध्यता श्रृजना भएको छ । २८ मिटरको मोडामा ५ वटा पक्की घर बनाउने उदेश्यले डोजरद्धारा घडेरी खनिएको थियो । पक्की घर बनाउने उदेश्य राखेर घडेरी खन्नेहरुमा बलबहादुर विश्वकर्मा, रमेश सुनार, अम्बीका थापा, कमान खड्का र खड्कबहादुर खत्री रहेका छन् ।
दीपबहादुर घर्ती / जाजरकोट

पहिरो

विशेष