ताजा खबर

कक्षा ११ परिक्षा असारमा सर्यो १२ को यथावत

कक्षा ११ परिक्षा असारमा सर्यो १२ को यथावत
फागुन २० । राष्ट्रिय परिक्षा बोर्डले विसं २०७४ सालको कक्षा ११ को परीक्षा सञ्चालन मिति पर सारेको जनाएको छ । सरकारले आउँदो वैशाख ३१ गते स्थानीय निकायको चुनाव घोषणा गरेकोले वैशाख २४ गतेदेखि सञ्चालन हुन लागेको परीक्षा पछि सारिएको बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए । उनका अनुसार बोर्डले कक्षा ११ को परीक्षा असार १ देखि ११ गतेसम्म सञ्चालन गर्ने छ। बोर्डको परीक्षा सञ्चालन समितिको शुक्रबार बिहान बसेको बैठकले असार १ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले यसअघि कक्षा ११ को परीक्षा तालिका वैशाख २४ देखि जेठ तीनगतेसम्म लिनेगरी निकालेको थियो । अर्यालका अनुसार कक्षा १२ को परीक्षा भने यथावत मितिमा नै गर्ने भएको छ । कक्षा १२ को आउँदै वैशाख १० गतेदेखि सुरु भएर २२ गते सकिने छ ।

Parixa board

विशेष