इतिहासमा आज समाज

ध्वनी प्रदूषणलाई रोकौँ, बहिरोपनबाट बचौँ र बचाऔँ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय बहिरा दिवस मनाउँदै

ध्वनी प्रदूषणलाई रोकौँ, बहिरोपनबाट बचौँ र बचाऔँ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय बहिरा दिवस मनाउँदै

फागुन २० । अन्तर्राष्ट्रिय श्रवण दिवस नेपालमा पनि सरोकारवाला निकायले विभिन्न सचेतना मुलक कार्यक्रम गरि आज मनाउदैछन् ।

सन् २००७ मा चीनको बेईजिङ्गमा भएको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनले विश्वमा व्याप्त बहिरोपना रोकथामका लागि जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले दिवश मनाउने घोषणा गरेको थियो ।

दिवसका अवसरमा यो वर्ष ध्वनि प्रदूषणलाई रोकौँ, बहिरोपनबाट बचौँ र बचाऔँ भन्ने नारा तय गरिएको छ । दिवसका अवसरमा स्वास्थ्य मन्त्रालयले बिहान प्रभातफेरी लगायत अन्य जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको छ । विश्वभर ३ करोड २० लाख बालबालिकासहित ३६ करोड मानिसमा कुनै न कुनै प्रकारको बहिरोपना रहेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ ।

संगठनका अनुसार १२ देखि ३५ बर्ष सम्मका १ अर्ब १० करोड भन्दा बढी मानिस बहिरोपनाको उच्च जोखिममा रहेका छन् । २० बर्षअघि गरिएको एक अध्ययनले नेपालमा १६ प्रतिशत मानिसमा कुनै न कुनै प्रकारको बहिरोपना रहेको तथ्याङ्क देखाएपनि सो पछि कुनै अध्ययन नभएकाले नेपालमा बहिरोपनाको यकिन तथ्याङ्क नरहेको सरोकारवाला बताउँछन् ।

Drafness Day

विशेष