खेल मनोरञ्जन

रोनाल्डोले गाडी ट्राफिक नियम विपरित गुडाए

रोनाल्डोले गाडी ट्राफिक नियम विपरित गुडाए
  फागुन–२० । रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विवादमा तानिएका छन् । उनले ट्राफिक नियम तोडेको कारण उनी विवादमा परेका हुन् । गत बिहीबार घरेलु मैदानमा लास पाल्मसविरुद्ध ३–३ को बराबरी खेल खेलेर फर्किने क्रममा उनले ट्राफिक नियम तोडेका थिए । उनले रंगशाला नजिकैको बाटोमा रातो बत्ति बलिरहेको बेला पनि गाडी अगाडि लगे । उनको कारभन्दा अगाडि एउटा ट्याक्सी रोकिएको थियो । तर रोनाल्डो चडेको कार उक्त ट्याक्सीलाई उछिनेर नियम विपरित गएका थिए । उनले नियम तोड्दा बाटोमा ट्राफिक प्रहरी पनि तैनाथ थिए । तर उनीहरुले रोनाल्डोको गाडी रोक्न भने सकेनन् ।

ट्राफिक नियम रोनाल्डो

विशेष