सोलुखम्बुमा लेक लागेर अस्ट्रेलियन नागरिकको मृत्यु

फागुन–२० । लेक लागेर शुक्रबार सोलुखम्बुमा एक अस्ट्रेलियन नागरिकको मृत्यु भएको छ ।
खुम्जुङ–७ को फेरुचेस्थित मदन अर्थ होटेलमा बास बसेका ४९ वर्षीय अस्ट्रेलियन नागरिक जौन्स माउफेपाउल ओल्डिज वर्थको मृत्यु भएको इलाका प्रहरी कार्यालय, लुक्लालाई उद्धृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । मृतकको शव पासाङल्हामु अस्पतालमा राखिएको छ । रासस
अस्ट्रेलियन नागरिक
मृत्यु
सोलुखम्बु