मनोरञ्जन

छोरा छोरीलाई के के दिदैछन् अमिताभ ? जान्नुहोस् उनको सम्पत्ति

छोरा छोरीलाई के के दिदैछन् अमिताभ ? जान्नुहोस् उनको सम्पत्ति
बलिउडका सुपरस्टार अमिताभ बच्चनले छोरा छोरीलाई बराबर सम्पत्ति दिने घोषणले मिडिया ततायो । उनको यो घोषलाले अहिले अभिताभसँग कति सम्पत्ति छ भन्ने विषयमा आम मानिसको चासो बढ्न थालेको छ । बीग बी २८ सय करोडका मालिक हुन् ।
सन् २०१५ मा उनी बलिउडकै दोस्रो धनी कलाकार थिए । त्यो समय उनको नेटवर्थ २४ सय करोड भारु थियो । सन् २०१६ मा उनी दुनियाँकै चौथो धनी कलाकार बन्न सफल भए । अहिले उनको नेटवर्थ २८ सय करोड रहेको छ । इनकम ट्याक्स डिपार्टमेन्टका अनुसार, बच्चन कमाइको साथसाथै ट्याक्स पनि तिर्ने गर्छन् । भारतीय मिडियाकाअनुसार बीग बी वर्षमा २४ देखि ३० करोडको कमाइ गर्छन् । अमिताभ वच्चनको चारवटा बंगला (प्रतिक्षा, जनक, जदसा र वत्सा) मुम्बाइमा छन् । उनको पेरिसमा पनि एउटा घर छ जुन उनले पत्नी जया बच्चनलाई उपहार दिएका थिए ।
बीग बी ११ वटा लग्जरी कारका मालिकसमेत हुन् । उनीसँग महंगा गाडीका सानदार कलेक्सन छन् । ११ कारमा रोल्स रोयस, फ्यान्टम, बेन्ट्ली, मर्सीडिज, रेन्ज रोभर, बी एम डब्लु, पोर्सेजस्ता कार पर्छन् । उनी आफ्नो एक फिल्ममा काम गरेवापत ७ करोड पारिश्रामिक लिन्छन् । त्यस्तै प्रति विज्ञापनबाट उनी लगभग ५ देखि ८ करोड पारिश्रामिक लिने गर्छन् । उनी गुजरात टुरिजम, जस्ट डायल, आइसीआइसीआइ बैंक, पार्कर, इमामी बोरोप्लसजस्ता धेरै ठूला ब्राण्डको इन्ड्रोसमेन्ट गर्छन् ।
अमिताभका परिवारका अन्य सदस्य पनि आफ्नो आय स्रोतको छुट्टै ट्याक्स तिर्ने गर्छन् । अभिसेक बच्चनको एक वर्षका कमाई ६ देखि ८ करोड छ । फिल्मबाहेक अन्य कम्पनिबाट पनि उनी उक्त रकम कमाउँछन् । एश्वर्याको कमाई पाँच करोडभन्दा माथि छ । जब की जया वच्चनको ट्याक्स ६० लाखको आसपास आउँछ । उनीहरु तीनैजनाको नाममा अलग अलग सम्पत्ति छ जुन उनीहरुले आफ्नै कमाइले जोडेका हुन् । जसको मूल्य करीब तीन सय करोड हुन आउँछ ।

Aamitab Bachachan

विशेष