समाज

ब्रतबन्धको भोज खाँदा १६ जना बिरामी

ब्रतबन्धको भोज खाँदा १६ जना बिरामी
फागुन–२० । ब्रतबन्धको भोज खाँदा धादिङकाे ज्यामरुङ– ७ कुमाइज्यामरुङका १६ जना बिरामी परेका छन् । गाउँका सुरेश बयलकोटीका घरमा उनीहरुले शुक्रबार ब्रतबन्धको भोज खाएको स्थानीयवासी मिठु बयलकोटीले जानकारी दिइन् । बिरामीको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको छ। बिरामीमा पेट र टाउको दुख्ने, पखाला लाग्ने, बान्ता हुनेलगायतको लक्षण देखिएको जिल्ला अस्पताल धादिङका सुपरिटेन्डेन्ट रसिला अमात्यले बताइन् । रासस

धादिङ बिरामी ब्रतबन्ध भोज

विशेष