खेल

प्रधानमन्त्री महिला क्रिकेटमा पूर्वाञ्चल विजयी

प्रधानमन्त्री महिला क्रिकेटमा पूर्वाञ्चल विजयी
फागुन–२० । इटहरीमा जारी प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेटमा पूर्वाञ्चल क्रिकेट टिम विजयी भएको छ । इटहरी रंगशालामा भएको पहिलो खेलमा पूर्वाञ्चलले मध्यमाञ्चल त्रिकेट टिमलाई ७६ रनले पराजित गरेको हो । पहिले व्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित २० ओभरमा ३ विकेट गुमांउदै १ सय २३ रन बनाएको थियो । पूर्वाञ्चलका लागि अक्सरी बेगमले ४६ र रोमा थापाले ४२ रनको योगदान गरेका थिए । एक सय २४ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले अलआउट हुंदै ४७ रन मात्र बनाउन सफल भयो । मध्यमाञ्चलको लागि सीता श्रेष्ठले सर्वाधिक १३ रन बनाउन जोडिन् । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ, पूर्वाञ्चल, मध्यमाञ्चल, सुदूरपश्चिमाञ्चल, पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल टिमको सहभागिता रहेको छ ।

इटहरी पूर्वाञ्चल क्रिकेट टिम प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट

विशेष