अभ्यास खेल खेल्न गएको नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

फागुन–२० । अभ्यास खेलका लागि भारत भ्रमणमा गएको नेपाली क्रिकेट टिम स्वदेश फर्किएको छ ।
नेपाली क्रिकेट टीम तीनवटा अभ्यास खेलका लागि भारत भ्रमणमा गएको थियो । भारतमा तीनवटा अभ्यास खेल मध्ये नेपालले २ खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो ।
विश्व क्रिकेट लिग अन्तर्गत केन्याविरुद्धको खेलको तयारीमा रहेको नेपाली टोली स्वदेश फर्किएको छ । नेपालले केन्यासंग यही फागुन २८ र ३० गते विश्व क्रिकेट लिग अन्तर्गत खेल खेल्ने तालिका रहेको छ ।
अभ्यास खेल
नेपाली क्रिकेट टोली
स्वदेश