अब यसरी अाम्दानी गर्न सकिन्छ फेसबुकबाट
फेसबुक पनि युट्युबको पदमार्गमा चल्न सुरु गरेको छ । युट्युबमा जस्तै फेसबुकले पनि आफ्नो भिडियोमा विज्ञापन देखाउने भएको हो । विज्ञापनबाट भएको कमाईको केही भाग पेजमा भिडियो अपलोड गर्ने युजरलाई दिने छ ।
फेसबुक युजरका लागि एउटा झन्झट के पनि छ भने फेसबुकको भिडियो बिना विज्ञापन हेर्न पाइने छैन । फेसबुक युजरका लागि भिडियोको साथसाथै विज्ञापनमा पनि अनिवार्य हेर्नु पर्ने बाध्यता हुने छ । फेसबुको लक्ष्य भविष्यमा आफ्नो प्लेटफमलाई टेलिभिजन हो । उसको नयाँ घोषणाअनुसार भिडियोले आफू र आफ्ना युजरलाई कमाईको बाटो खोल्ने छ । तर, अहिलेसम्म फेसबुकले युट्युब जस्तै भिडियोबाट कमाई गर्न सक्छन् कि सक्दैन सो कुरा खुलाएको छैन । एलिजिबल पब्लिशर्सलाई विज्ञापनबाट आएको आम्दानीको केही भाग बाँड्ने घोषणा भने गरेको छ । सर्तअनुसार एलिजिबल पब्लिशर्ससँग दुई हजारभन्दा वढी फलोवर भएका पेज वा प्रोफाइल हुनपर्ने बाध्यता भने छ । त्यस्तै हालसालै लाइभ भिडियोमा एकसाथ तीन सयभन्दा वढी युजरले भिडियो हेरेका हुनु अर्काे सर्त फेसबुकको छ । प्लेटफममा धेरैभन्दा धेरै युजर ल्याउने नयाँ रणनीतिअनुसार फेसबुकले अमेरिकामा एड ब्रेकको ट्रायल सुरु गरेको छ । फेसबुक लाइभको बिचमा पनि एड ब्रेक हुनसक्ने बताएको छ । तर, यसलाई कसरी लागू गर्ने भन्ने बारेमा बहस चलिरहेको छ । संसारभरी झण्डै २ अरब युजर रहेको फेसबुकले एड बे्रक गर्नका लागि भिडियो चार मिनेटभन्दा लामो हुनपर्ने सर्त राखेको छ । लामो भिडियो प्रसारित गर्ने युजरका फेसबुकमा एड ब्रेक हुने सम्भावना वढी हुने बताएको छ । Facebook