स्वास्थ्य

तपाईँको घरमा कोही गर्भवती हुनुहुन्छ ? अब मोबाइलबाटै सन्देश

तपाईँको घरमा कोही गर्भवती हुनुहुन्छ ? अब मोबाइलबाटै सन्देश

 नुवाकोटका गर्भवतीलाई सुरक्षित सुत्केरी र पोषण सुधारका लागि मोबाइलबाटै सन्देश प्रवाह गरिने भएको छ। यहाँ सञ्चालित ‘सुआहारा कार्यक्रम’ले गर्भवतीको पोषण सुरक्षा र सुरक्षित सुत्केरी गराउनका लागि सचेतना जगाउन मोबाइल एसएमएस मार्फत जानकारी दिन लागिएको कार्यक्रमका प्रमुख भीमा पराजुलीले बताइन्। मोबाइलमा “तपाईँको घरमा कोही गर्भवती हुनुहुन्छ ? नियमित रुपमा गर्भ परीक्षणका लागि स्वास्थ्य चौकी जाने गर्नुभएको छ कि छैन ?

अनि नौ महिना पूरा भयो, बच्चा जन्माउन स्वास्थ्य संस्थामा जानुस्” जस्ता सन्देश प्रवाह गरिने छ । जिल्ला स्वास्थ्य कार्यालय र सुआहाराको आयोजनामा आज भएको जिल्लास्तरीय पोषण तथा खाद्य सुरक्षा समितिको बैठकमा गर्भवती तथा बालबालिकाको पोषण सुधारका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी गराइएको हो । सुआहाराले यहाँ सञ्चालन गरेको ‘बहुवर्षीय पोषण कार्यक्रम’ अन्र्तगत जिल्लाका ६१ वटै गाविसमा कम केयर एप्समार्फत पोषण सुधारका लागि घरधुरी सर्वेक्षण गरी एसएमएस माध्यमबाट जानकारी पठाउने योजना छ । पराजुलीका अनुसार छ महिनाभित्र सबै घरको सर्वेक्षण गरिएपछि गर्भवती तथा अभभिावकलाई मोबाइलबाट सुरक्षित सुत्केरी तथा पोषण सुधारमा सहयोग पुग्ने छ । रासस

Pregnant

विशेष