खेल

खेलाडी संघमा श्रेष्ठ निर्वाचित, मीरालाई सम्मान

खेलाडी संघमा श्रेष्ठ निर्वाचित, मीरालाई सम्मान
फागुन–२१ । सागका दुई स्वर्णधारी करातेका दीपक श्रेष्ठ नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षमा निर्वाचित भएका छन् । खेलाडी संघको शुक्रबार सम्पन्न चौथो साधारणसभाले श्रेष्ठलाई निर्विरोध चयन गरेको हो । उनी दीपक विष्टको नेतृत्वमा रहेको कार्यसमितिका महासचिव हुन् । २० सदस्यीय कार्यसमितिका पाँच उपाध्यक्षमा केदारेश्वरमान स्थापिक, दीपक महर्जन, हरि खड्का, कान्छीमाया कोजु र दीपक थापा हुन् । महासचिवमा शिवसुन्दर गोथे, उपमासचिवमा मन्डेकाजी श्रेष्ठ र सचिवमा कमलबहादुर अधिकारी चुनिए । कोषाध्यक्षमा आङबाबु लामाले निरन्तरता पाएका छन् । सदस्यमा टीकाराम श्रेष्ठ, रमेशकुमार श्रेष्ठ, सरोज श्रेष्ठ, दिनेश श्रेष्ठ, भोला सिलवाल, निशा रावल, नविता श्रेष्ठ, फुपुल्हामु खत्री, शिरीष गुरुङ र फुलमाया क्याप्छाकी निर्विरोध चुनिए । दुई कार्यकाल सम्हालेका निवर्तमान अध्यक्ष दीपक विष्टलाई मानार्थ अध्यक्षमा चयन गरिएको छ । २७ सदस्यीय कार्यसमितिमा दुई उपाध्यक्ष र पाँच सदस्य कार्यसमिति बैठकले मनोनीत गर्ने अध्यक्ष श्रेष्ठले जनाए । उनले खेलाडीको हकहितका लागि सशक्त रुपमा आवाज उठाउन डटेर लागिपर्ने बताए । मीरा सम्मानित खेलाडी संघले नेसनल जियोग्राफी एडभेन्चर अफ द ईयर २०१७ अवार्ड विजेता अल्ट्रा धाविका मीरा राईलाई १० हजार नगदसहित सम्मानित गरेको छ । –कान्तिपुर दैनिकबाट

खेलाडी संघ दीपक श्रेष्ठ मीरा राई

विशेष