खेल

माल्दिभ्सको टीसी स्पोर्टस च्याम्पियन, चेम्जोङ राष्ट्रिय झण्डा बोक्दै नाँचे

माल्दिभ्सको टीसी स्पोर्टस च्याम्पियन, चेम्जोङ राष्ट्रिय झण्डा बोक्दै नाँचे
फागुन–२१ । नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण कुमार चेम्जोङले शुक्रबार टाइब्रेकरमा दुई पेनाल्टी रोकेपछि माल्दिभ्सको टीसी स्पोर्टसले दोस्रो शेख कमल अन्तराष्ट्रिय क्लब कपको उपाधि जितेको छ । शुक्रबार सम्पन्न फाइनलमा टीसी स्पोर्टसले तेस्रो डिभिजनको दक्षिण कोरियाली क्लब पोचेन सिटिजनलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै उपाधि चुमेको हो । टीसी स्पोर्टस र पोचेन सिटिजनले निर्धारित समय र अतिरिक्त समयमा २–२ गोलको बराबरीमा रोकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा किरणले पोचेनको पहिलो बल नै रोकिदिएका थिए । यस्तै अर्का खेलाडीको प्रहार खुट्टाले रोक्न भ्याएका थिए । योसँग माल्दिभ्सको क्लब अन्तराष्ट्रिय प्रतियोगितामा उपाधि जित्दै नयाँ इतिहाससमेत रचेको छ ।
चेम्जोङले उपाधि जितेलगत्तै दर्शकदिर्घाबाट नेपालको राष्ट्रिय झण्डा मागेर काँधमा राख्दै मैदानमा नाँचेका थिए । माल्दिभ्सका लागि खेलेपनि उनले राष्ट्रिय झण्डा बोकेका हुन् । नेपाल सेमिफाइनलमा टीसी स्पोर्टससँग १–० ले पराजित भएको थियो । जितसँगै माल्दिभ्सले ३० हजार अमेरिकी डलर उपाधि जितेको छ ।

किरण कुमार चेम्जोङ टीसी स्पोर्टस दोस्रो शेख कमल अन्तराष्ट्रिय क्लब कप

विशेष