माउरिन्हो : रुनी र इब्राहिमोविचलाई युनाइटेडमै राख्न चाहन्छु
फागुन–२१ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका अध्यक्ष जोसे माउरिन्होले ह्वेन रुनी र जाल्टन इब्राहिमोविच आफ्नो क्लबमा राख्न इच्छुक रहेको बताएका छन् ।
रुनीले चिनीया क्लबमा आबद्ध हुने कुरा चलिरहेको बखतमा अघिल्लो हप्ता युनाइटेडमै रहने बताए । उनी पहिले आबद्ध भएको क्लब इभरटनमा आबद्ध हुन सक्ने पनि बताइएको थियो तर यसले कुनै अर्थ नबनाएको माउरिन्होले बताए ।
इब्राहिमोविचले भने आफ्नो अनुबन्धन समय बढाउने विषयमा हेर्न बाँकी रहेको बताए । इब्राहिमोविचले इएफएल कपको फाइनलमा दुई गोल गर्दै युनाइटेडलाई साउथह्याम्पटन विरुद्ध ३–२ को जित दिलाएका थिए ।
मोउरिन्होले भने, ‘उनी क्लबमा बस्ने सम्भावना देख्छु । अब आउने अनुबन्धन विन्डोले हामीलाई अर्कै समथरमा पुर्याउने छ किनकी म अन्य खेलाडी अनुबन्धन गराउँछु । जाल्टन प्राथमिकतामा रहनेछन्, सायद उनी पनि बस्छन् ।’
इब्राहिमोविच
जोसे माउरिन्हो
म्यानचेस्टर युनाइटेड
रुनी