मनोरञ्जन

सञ्जय दत्तका सुरक्षाकर्मीले यसरी कुटे पत्रकारलाई

सञ्जय दत्तका सुरक्षाकर्मीले यसरी कुटे पत्रकारलाई
फागुन–२१ । बलिउड अभिनेता सञ्जय दत्तका सुरक्षाकर्मीले पत्रकार कुटेपछि बलिउड मिडियामा यतिबेला अर्को हंगामा मच्चिएको छ । यसबारेमा अभिनेता दत्तले यो एकदमै लाजमर्दो घटना भएको बताएका छन् । आउँदो फिल्म ‘भूमि’ को सुटिङको लागि दत्त आग्रा पुगेका थिए । सुटिङको कारण ताज महलको भिभिआइपी रोडमा सडक जाम भएको थियो । जामको कभरेज गर्न घटनास्थल पुगेका मिडियाकर्मीलाई दत्तको सुरक्षामा खटिएका सुरक्षाकर्मीले मारपिट गरेका हुन् । अभिनेता दत्तले आफू त्यहाँँ भइदिएको भए त्यस्तो अप्रिय घटना नहुने बताए । आफ्नो फिल्मबाट कुनै पनि शहरको प्रचार हुने भएकाले यदि त्यस्तो घटना भएमा निकै नै लाजमर्दो विषय हुने उनले बताएका छन् । घटना झनै विवादित बन्दै गएपछि उनले"> मिडियासँग माफी मागेका छन् । एक टेलिभिजन पत्रकारले अभिनेता दत्तका सुरक्षाकर्मीले शारीरीक रुपमा हात मात्र नहालेर उनीहरुले पत्रकारको महंगो क्यामरा पनि खोसेको बताएका छन् ।

पत्रकार सञ्जय दत्त सुरक्षाकर्मी

विशेष