खेल

एफएले भिडियो रेफ्रिको प्रणाली प्रयोग गर्ने

एफएले भिडियो रेफ्रिको प्रणाली प्रयोग गर्ने
फागुन–२१ । फुटबल संघले एफए कपको अर्को संस्करणको तेस्रो चरणबाट भिडियो रेफ्रि सिस्टमको परिक्षण गर्न चाहेको छ । अन्तराष्ट्रिय फुटबल परिषद समितिले शुक्रबार बसेको वार्षिक बैठकमा उक्त निर्णय गरेको हो । परिषदले पेनाल्टीे सुटआउटको क्रमको पनि समीक्षा पनि गर्ने भएको छ । परिषद समितिको निर्णय अनुसार एफए कपको यही सिजनको क्वाटरफाइनलदेखि क्लबले अतिरिक्त समयमा चौथो वैकल्पिक खेलाडीको पनि अनुमति पाउने भएको छ । उक्त निर्णयले युवा र अवैतनिक लिगमा अधिक खेलाडीलाई भाग लिन प्रोत्साहन गर्ने बताइएको छ । एफए कपको क्वाटरफाइनल आगामी ११ र १३ मार्चमा हुनेछ जसमा म्यानचेस्टर युनाइटेडको सोमबार चेल्सीसँगको खेल पनि छ । फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले उक्त बैठकमा उपस्थित हुँदै भिडियो रेफ्रि अर्को वर्ष रसियामा हुने वल्र्डकपलाई लक्षित गरेर सञ्चालनमा ल्याउन लागिएको बताएका छन् । भिडियो रिप्ले पहिलो पटक अन्तराष्ट्रिय स्तरमा सेप्टेम्बरमा इटली र फ्रान्सबीचको मैत्रीपूर्ण खेलमा प्रयोग भएको थियो । त्यस्तै अर्को नोभेम्बर इटाली र जर्मनीबीचको मैत्रीपूर्ण खेलमा प्रयोग गरिएको थियो । फिफा प्रतियोगितामा भने यो प्रणाली डिसेम्बरमा भएको क्लब वल्र्डकपमा प्रयोग भएको थियो ।

एफए कप भिडियो रेफ्रि

विशेष