समाज

कालु पाँडेको समाधिस्थलमा १५ फिटको राष्ट्रिय झन्डा

कालु पाँडेको समाधिस्थलमा १५ फिटको राष्ट्रिय झन्डा
फागुन - २१ । राष्ट्रिय एकता र स्वाभिमान सन्देश फैलाउने उद्देश्यले १५ फिटको राष्ट्रिय झन्डा दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा फहराइएको छ । इन्द्रदह एकीकृत विकास समितिले त्यस क्षेत्रको पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत् झन्डा फहराएको हो । उक्त समाधिस्थल समुद्री सतहदेखि दुई हजार ३०० मिटर अग्लो स्थानमा छ । नेपाली कांग्रेसका नेता एवं सांसद ध्यानगोविन्द रञ्जितले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीय समुदाय एकजुट भइ लाग्नुपर्नेमा जोड दिँदै त्यस क्षेत्रमा फहराइएको झन्डाले सामाजिक एकता र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेकपा एमालेका नेता तथा सांसद रामेश्वर फुयाँलले राष्ट्रिय एकता कमजोर भएका कारणले वैदेशिक हस्तक्षेप बढ्दै गएको बताए । समितिका अध्यक्ष हरिशरण थापाले देशको राष्ट्रियतामा सबै पार्टी दलगत स्वार्थभन्दा माथि उठेर साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए । आधुनिक नेपालको एकीकरणका लागि कीर्तिपुरमा भएको युद्धमा मारिएका कालु पाँडेको समाधिस्थल चन्द्रागिरि नगरपालिकामा छ । त्यस क्षेत्रमा नैकाप, दहचोक, नागार्जुन जोड्ने मार्ग विकास गर्नुपर्ने स्थानीयवासीको माग छ ।

nepali Flag कालु पाँडे

विशेष