समाज

विद्यार्थीको सिकाइमा अभिभावकको ठूलो भूमिका - शिक्षाविद्

विद्यार्थीको सिकाइमा अभिभावकको ठूलो भूमिका - शिक्षाविद्
फागुन - २१  । विद्यार्थीको सिकाइमा अभिभावकको ठूलो भूमिका रहेको शिक्षाविद्ले बताएका छन् । नवोदित विद्या कुञ्ज माध्यामिक विद्यालयको २५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय गानका रचयिता प्रदीपकुमार राई (ब्याकुल माइला)ले समयको परिवर्तनसँगै शिक्षा क्षेत्रमा पनि परिवर्तन आएको बताए। उनले वर्तमान अवस्थामा सैद्धान्तिक शिक्षाभन्दा व्यावहारिक शिक्षामा राज्यले जोड दिनुपर्ने बताए। राष्ट्रिय परीक्षा बोर्डका उपसचिव डम्बरकुमार बतासले विद्यार्थीको शैक्षिक क्षेत्रको विकासका लागि विद्यार्थी, शिक्षक र अभिभावकको त्रिपक्षीय सम्बन्ध हुनु आवश्यक रहेको बताए। युनाइटेड स्कुलका प्राचार्य जेवी हमालले भोलीको देश निर्माण गर्ने जिम्मा आजका विद्यार्थीको भएको भन्दै जीवनोपयोगी शिक्षा अहिलेको आवश्यक रहेको बताए। विद्यालयका प्राचार्य एवम् उच्च माध्यामिक विद्यालय सङ्घ हिसानका सचिव राजेन्द्र अधिकारीले विद्यार्थीको रुचिका आधारमा विद्यालयले शिक्षा प्रदान गरिरहेको बताउँदै गुणस्तरीय शिक्षाका लागि विद्यालयले कुनै कसर बाँकी नराख्ने बताए। विसं २०५० मा स्थापना भएको उक्त विद्यालयमा हाल एक हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययन गरेको प्राचार्य अधिकारीले बताए।

Bykul Maila

विशेष