समाज

बर्दियाको आधारभूत विद्यालयलाई चार लाख बराबरको शैशिक सामाग्री प्रदान

बर्दियाको आधारभूत विद्यालयलाई चार लाख बराबरको शैशिक सामाग्री प्रदान
फागुन – २१ काठमाडौँका एक समाजसेवीले बर्दियाको सामुदायिक आधारभूत विद्यालयलाई ई–कक्षा सञ्चालनका लागि झण्डै साढे चारलाख बराबरको पाठ्यसामाग्री सहयोग गरेका छन् । बबई नगरपालिका ६ बर्गदास्थित बबई शिशु आधारभूत विद्यालयलाई समाजसेवी भरत अधिकारीले अंग्रेजी कक्षा सञ्चालन गर्न र इ–कक्षा लागि शैशिक सामाग्री प्रदान गरेका हुन् ।
शनिबार एक कार्यक्रम गरि अधिकारले कक्ष नर्सरीदेखि एकसम्म अंग्रेजी माध्यमका पाठ्यपुस्तक, खेलकुद सामाग्री, चार थान ल्यापटप, प्रोजेक्टरलगायतका शैशिक सामाग्री विद्यालयलाई प्रदान गरे । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जगतराम थारु, जिल्ला शिक्षा कार्यालय अन्र्तगत बगनाहा श्रोत केन्द्रका श्रोत ब्यक्ति नन्दराम अधिकारी लगायतको उपस्थितीमा सामाग्री हस्तान्तरण गरिएको हो । ‘सामुदायिक विद्यालयलाई आधुनिक शैक्षिक शैशिक सामाग्री सहयोग गर्नु निकै खुसीको कुरा हो, विद्यालय परिवारसहित गाँउ समुदाय खुसी छन, अब आगामी वर्षदेखि सोही अनुसार कक्षा संचालन हुन्छ,’ विद्यालय प्रधानाध्यपक नारायण अधिकारीले भने । आईसीटी कार्यक्रम अन्र्तगत जिल्ला शिक्षा कार्यालय बर्दियाले यसअघि विद्यालयमा ८ वटा कम्प्युटर प्रदान गरेको थियो । यस्तै विद्यालय परिसरमा काठमाडाैं बिश्व विद्यालयका प्राध्यापक जीवन आलेको संयोजकत्वमा विद्यार्थीमा पनि संगीत तर्फ रुची बढाउने उदेश्यले शास्त्रिय सांगीतिक कार्यक्रम गरीएको थियो ।

बर्दिया शैक्षिक सामाग्री

विशेष