स्वास्थ्य

चेपाङमा स्वास्थ्य चेत, डोकोमै बाेकेर हेल्थपोष्ट

चेपाङमा स्वास्थ्य चेत, डोकोमै बाेकेर हेल्थपोष्ट

फागुन २२ । चेपाङ समुदायको चर्चा चल्दा उनीहरुको दुःख पीडा र अज्ञानतामात्रै अगाडि आउँछ ।

तर, यस्ता समस्याबाट मुक्त भएका चेपाङ पनि छन् । विकटमै बस्ने भए पनि उनीहरु आफ्नो स्वास्थ्य प्रति सजग छन्, चेतनाका कारण यो सम्भव भएको हो । चारघण्टा बढी समय डोकोमा बोकेर श्रीमतीलाई सुत्केरी गराउन स्वास्थ्यचौकीमा ल्याएका चितवन काल हपनीका २७ वर्षीय डोलबहादुर चेपाङ यसै भन्छन् ।

फागुन ९ गते सोमबार साँझपख डोलबहादुर हात्तीबाङको उपस्वास्थ्चौकी बाहिर भेटिएका उनी कति बेला पसल जान्थे अनि कततिबेला स्वास्थ्यचौकीभित्र छिर्थे भने कति बेला बाहिरै टोलाएर बस्थे । सुत्केरी व्याथाले च्यापेका करण श्रीमतीलाई लिएर उनी स्वास्थ्यचौकी आएका थिए । विहान १० बजेभन्दा अघि नै हापनीबाट हिँडेका उनी स्वास्थ्यचौकी आउँदा २ बजेको थियो ।

Health In Nepali

विशेष