समाज

मोटर चढ्न ७ दिन पैदल !

मोटर चढ्न ७ दिन पैदल !

फागुन २२ । डोल्पा तिन्चे–३ का दावा तेन्जन सात दिनसम्म हिँडेर बल्लबल्ल जाजरकोट र रुकुमको सीमा त्रिवेणी आइपुगे ।

उनलाई यहाँबाट मोटर चढेर जाजरकोट बजार सम्म पुग्नु छ । बोकेको जम्बु जिम्बु बजारमा बेच्नु छ । तर, त्रिवेणीसम्म आइपुग्दै पैतालामा फोकैफोका भएका छन् ।

शरीर शिथिल भइसक्यो । उनलाइ चिन्ता थपिएको छ, ‘जम्बु बेचेर कसरी तिन्चे फर्कने ?’ दाल झान्न उपयोगी हुने उच्च हिमाली भेगमा पाइने जडीबुटीको पात जम्बुका व्यापारी हुन दावा । यातायात सुविधा नहुँदा डोल्पाका छार्का भोट, सिमेन भोट, धा्लगायत दर्जन विकट बस्तीका बासिन्दाको जनजीवन कष्टकर छ ।

‘न उत्पादन छ, न विकास,’ खावाले भने, खाद्यान्नको जोहो गर्न ५ दिन पैदल हिँडेर सदरमुकाम दुनै पुग्नुपर्ने बाध्यता अझै टरेको छैन ।’ सडक नहुदा छार्का, धो, तिन्जे, सिमेनलगायत विकट बस्तीमा बासिन्दाले निकै दुःख पाएको बताए । यहाँका बासिन्दाहरु जिल्लामै गाडी चट्नु कल्पनाबाहिरको ठान्छन् ।

कान्तिपुर

जाजरकाेट

विशेष