खेल

बार्साले सेल्टालाई हरायाे, जितसँगै लिगको शिर्षमा कायमै

बार्साले सेल्टालाई हरायाे, जितसँगै लिगको शिर्षमा कायमै
फागुन २२ । स्पेनिस ला लिगामा लियोनेल मेसीको दुई गोलको मद्दतले बार्सिलोनाले सेल्टा भिगोलाई ५–० ले पराजित गरेको छ । गएराती बर्सेलोनको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले सेल्टालाई ठुलो गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा मेसीले दुई, नेइमार, राकेटिक र उमटिटिले एक एक गोल गरेका थिए । मेसीले खेलको २४औ मिनेटमा पहिलो गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ४०औ मिनेटमा नेइमारले गोल गर्दै बार्सिलोनाको अग्रतालाई दोब्बर पारेका थिए । त्यसपछि खेलको ५७औ मिनेटमा राकेटिकले गोल गरे भने खेलको ६१औ मिनेटमा उमटिटिले गोल गर्दै बार्सिलोनालाई ४(० को अग्रता दिलाएका थिए त्यसपछि मेसीले बार्सिलोनाका लागि पाचौ गोल खेको ६४औ मिनेटमा गरेका थिए । जितसंगै बार्सिलोनाले लिगमा २६ खेलबाट ६० अंक सहित लिगको शिर्ष स्थानमा रहेको छ भने बार्सिलोना भन्दा एक खेल कम खेलको रियल २५ खेलमा ५९ अंक सहित लिगको दोस्रो स्थानमा रहेको छ । त्यस्तै सेल्टा भिगो २५ खेलमा ३५ अंक सहित लिगको १०औ स्थानमा रहेको छ ।

la liga

विशेष