खेल

रोनाल्डोविना नै रियलले इबरलाई हरायो

रोनाल्डोविना नै रियलले इबरलाई हरायो
फागुन २२ । क्रिष्टियानो रोनाल्डो र ग्यारेथ बेलविना नै मैदान उत्रिएको रियल मड्रिडले इबरलाई उसकै घरेलु मैदानमा ४–१ ले हराएको छ । स्पेनिस ला लिगाअन्तर्गत गएराति सम्पन्न खेलमा रियलका लागि करिम बेन्जिमा नायक सावित भए । रोनाल्डो इन्जुरी तथा बेल प्रतिबन्धका कारण मैदानमा नहुँदा बेन्जिमाले २ तथा मार्को असन्सो र हामेस रोड्रिग्वेजले १–१ गोल गरे । घरेलु टोलीका लागि भने पेनाले सान्त्वना गोल फर्काए । जितसँगै रियलको २५ खेलबाट ५९ अंक पुगेको छ । एक खेल बढी खेलेको बार्सिलोना ६० अंकसहित शीर्ष स्थानमा छ । प्रतियोगिता अन्तर्गत नै गएराति भएका अन्य खेलमा भिल्लारियलयले इस्पानियोलाई २–० तथा लेगानेसले ग्रानाडालाई १–० ले पराजित गरेका छन् ।

Gyaeth Bell Real Madrid Ronaldo

विशेष