मनोरञ्जन

विवाह नै नगरि करण जोहर दुई बच्चाका पिता

विवाह नै नगरि  करण जोहर दुई बच्चाका पिता
फागुन २२ । करण जोहर सरोगेसीमार्फत दुई सन्तानका पिता बनेका छन् । दुई सन्तानमा एक छोरा र एक छोरी भएको भारतीय स्रोतले बताएको छ । खबरका अनुसार यी जुम्ल्याहा बच्चाको जन्म फेब्रुअरी महिनामा नै भएको हो । भारतीय समाचार संस्था न्यूज एजेन्सीका अनुसार बच्चाको जन्म दर्ता गत शुक्रबार गरिएको हो । यी दुई बच्चाको बुवाको नाममा करण जोहरको नाम लेखिएको छ भने आमाको नाममा केही पनि लेखिएको छैन । यी बच्चाहरुको जन्म फेब्रुअरी ७ मा अंधेरीको मसरानी अस्पतालमा भएको बताइएको छ ।  अधिकारीका अनुसार अहिलेसम्म बच्चामा नाम राखिएको छैन । अहिले जन्म दर्तामा उनीहरुको नाम ‘बेबी बोइ’ र ‘बेबी गर्र्ल’ लेखिएको छ ।

Karan Johar

विशेष