सामसङको ग्यालेक्सी प्रो सी ९ बजारमा
फागुन २२ । सामसङ नेपालले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी प्रो सी ९ बजारमा ल्याएको छ । उक्त फोनमा ६ जीवी र्याम, १६ एमपी फ्रन्ट र ब्याक क्यामेरा ६ इन्चको डिस्प्ले राखिएको छ ।
फिचर पावरहाउस संज्ञा दिइएको ग्यालेक्सी प्रो सी ९ ले स्क्रिन, मेमोरी र क्यामेरा सम्बन्धी विभिन्न फिचरहरुलाई एकै स्थानमा प्रस्तुत गरेको छ । यी टप–अफ–द–लाइन फिचरहरुले ग्राहकहरुलाई उत्कृष्ट मल्टीमिडिया र क्लियर पिक्चरका अनुभव पनिप्रदान गरेको छ ।
उक्त स्मार्टफोन ग्राहकहरुलाई पावरहाउस दिनतयार छ ।
फ्रन्ट र रियर क्यामेराले प्रयोगकर्ताहरुलाई लो–लाइट कन्डिशनहरुमा पनिउत्कृष्ट फोटोहरु लिने क्षमताप्रदान गरेको छ ।
ग्यालेक्सी प्रो सी ९ ब्ल्याक् र गोल्ड गरी २ वटा रंगहरुमा देशभरका सम्पूर्ण रिटेल च्यानलहरुमा मार्च, २०१७ को पहिलो हप्ताबाट रु. ५९,९९० मूल्यमाउपलब्ध हुनेछ ।
Galaxy Pro 9