केन्याविरुद्धको खेलको लागि नेपाली क्रिकेट टोलीको घोषणा
फागुन–२२ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा केन्याविरुद्धको खेलको लागि नेपाली टोलीको घोषणा भएको छ ।
कीर्तिपुरको त्रिवि मैदानमा यही फागुन २८ र ३० गते हुने आईसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँगको खेलको लागि पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १८ सदस्यीय नेपाली टोलीको घोषणा भएको हो । आइसिसीको प्रतिनिधि भेनकटपपति राजुको उपस्थितिमा भएको छनोटमा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाको उपस्थिति थियो ।
छनोटमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल (उपकप्तान), शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सागर पुन, बिनोद भण्डारी, करण केसी, सन्दिप लामिछाने, महबुब आलम, आरिफ शेख, सुनिल धमला, दिपेन्द्र सिंह ऐरी चुनिएका छन् । यस्तै वैकल्पिक खेलाडीहरुमा राजेश पुलामी मगर, अविनाश कर्ण, भुवन कार्की र दिलिप नाथ परेका छन् ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हाल छैठौं स्थानमा रहेको नेपाललाई केन्याविरुद्धको खेलमा जित आवश्यक छ । विश्व क्रिकेट लिगको शीर्ष स्थानमा हुने टोलीले बंगलादेशमा सन् २०१८ मा हुने विश्वकप छनौट खेल खेल्न पाउने छ ।
केन्या
नेपाली क्रिकेट टोली