खेल

युनाइटेड बराबरीमा रोकियो, इब्राहिमोविच र टाइरोनको विवादित खेल

युनाइटेड बराबरीमा रोकियो, इब्राहिमोविच र टाइरोनको विवादित खेल
फागुन–२२ । म्यानचेस्टर युनाइटेड बर्नेमाउथसँग बराबरीमा रोकिएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार बेलुकी भएको खेलमा युनाइटेड १० खेलाडीमा सिमित बर्नेमाउथसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
इङ्लिस प्रिमियर लिगको चौधौं स्थानमा रहेको बर्नेमाउथसँग अंक बाँड्नु परेपछि युनाइटेड लिगको छैटौं स्थानमा झरेको छ। खेलमा युनाइटेडको लागि मार्कोस रोजाले २३ औं मिनेटमा गोल गरेका थिए । रोजाको प्रिमियर लिगमा ४९ खेलपछि पहिलो गोल थियो । तर, ४० औं मिनेटमा फिल जोन्सले डिबक्सभित्र मार्क पुगलाई लडाएपछि बर्नेमाउथले पेनाल्टीको अवसर पाएको थियो । जसलाई जोसुवा किङले गोलमा परिणत गरे ।
यस्तै खेलमा जाल्टन इब्राहिमोविचसँग जोडिएका दुई विवादबारे जाल्टन र आफू सञ्चारमाध्यमसँग नरुने युनाइटेडका प्रशिक्षक जोसे मोरिन्होले बताएका छन् । खेलको पहिलो हाफको अन्तिम समयमा टाइरोन मिनग्सले इब्राहिमोविचको टाउको हिर्काए । तर त्यो नियतबस नगरिएको मिनग्सले बताए । त्यसको केही समयपछि फेरि इब्राहिमोविच र मिनग्सबिच बलका लागि प्रतिस्पर्धा भयो । बल खोस्ने क्रममा इब्राहिमोविचले मिनग्सको अुनहारमा कुहिनोले हाने । इब्राहिमोविचले भने मिनग्स आफ्नो कुहिनोमा हामफालेको बताए । दुवै खेलाडी रातो कार्ड खानबाट भने बँचे ।

इंग्लिस प्रिमियर लिग इब्राहिमोविच टाइरोन बर्नेमाउथ म्यानचेस्टर युनाइटेड

विशेष