
फागुन–२२ । नेपाल यू–१५ राष्ट्रिय फुटबल टोलीको अन्तिम १८ सदस्यीय टोलीको घोषणा गरिएको छ । एन्फा कम्प्लेक्समा आईतबार ‘एसएफटी दक्षिण एसिया–जापान यू–१६ फुटबल एक्सचेन्ज कार्यक्रम’ को लागि टोली छानिएको हो ।
उक्त कार्यक्रममा चार टोलीको सहभागिता रहने छ । कार्यक्रममा नेपालको यू–१५ राष्ट्रिय फुटबल टोली र आयोजक जपान यू–१५ टोलीसहित भुटान यू–१६ र श्रीलंका यू–१६ को सहभागिता रहने छ ।
नेपाली टोलीको मुख्य प्रशिक्षकमा सुनिल श्रेष्ठ रहेका छन् ।
टोलीमा अभिषेक श्रेष्ठ, विर्जेस चौधरी, दिपक भण्डारा, कार्लोस बखारिया, पदम भट्टराई, पृथ्वी चौधरी, पुकार खड्का, रन्दिप पौडेल, रञ्जन पुन, सिद्घान्त राना मगर (गोलकिपर), रोशन राना मगर, सन्जिब अर्याल, सन्जु श्रेष्ठ, सौगात खवास, सिसिर लेखी, साइरब लो तामाङ, रोशन डोङ र रोशन थापा (गोलकिपर) गरि १८ खेलाडी चुनिएका छन् ।
जापान फुटबल संघले आयोजना गरेको उक्त कार्यक्रम सन् २०१७ मार्च १० देखि १४ गतेसम्म श्रीलंकामा हुनेछ । नेपाली टोली भने ९ मार्चमा कार्यक्रमको लागि प्रस्थान गरिने बताइएको छ ।
एन्फा कम्प्लेक्स
नेपाल यू–१५ राष्ट्रिय फुटबल टोली
श्रीलंका भ्रमण