तालमा माछा मार्न गएका व्यक्ति डुबेर बेपत्ता
फागुन–२२ । चितवनको भरतपुर–११ स्थित नव–जागृति सामुदायिक वनको कालिमाटी तालमा माछा मार्न गएका एक व्यक्ति डुबेर बेपत्ता भएका छन् ।
माछा मार्न जाल लिएर तालको वीचमा पुगेका स्थानिय ३५ बर्षका कालु राई त्यहीं डुबेर बेपत्ता भएको प्रत्यक्षदर्शीलाई उद्यृत गर्दै जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । शनिबार दिउँसोदेखि डुबेर बेपत्ता भएका उनको दिनभर खोज्दा पनि अबस्था पत्ता लाग्न सकेको छैन ।
अार्इतबार पनि विहानैदेखि खोजीका लागि प्रहरी टोली पठाईएको जनाईएको छ । तालमा दबदबे हिलो भएकाले हिलोमा फसेर डुबेको अनुमान प्रहरीले गरेको छ । रासस
चितवन
बेपत्ता
माछा