खेल
टोटनह्यामका हेरी लिगको सर्वाधिक गोलकर्ता
सोमबार, २३ फागुन २०७३ गते प्रकाशित

फागुन–२३ । इंग्लिस प्रिमियर लिगको जारी सिजनमा टोटनह्यामका स्ट्राइकर हेरी काने सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् ।
इभर्टनविरुद्ध आइतबार राति भएको खेलमा ३–२ को विजयीमा कानेले २ गोल गरेका थिए । उनले खेलको २० औं र ५६ औं मिनेटमा गोल गरेका थिए ।
उनको प्रिमियर लिगमा १९ गोल पुगेको छ । सन् २०१७ मा मात्र उनले लिग र कपको १२ खेलमा १४ गोल गरिसकेका छन् । कानेको उक्त गोल घरेलु मैदानमा १४ औं गोल थियो जुन प्रिमियर लिगको घरेलु मैदानमा गरेको सर्वाधिक गोल हो ।
कानेको उत्कृष्ट खेलका साथ टोटनह्यामले लगातार नौं खेलमा विजयी गरेको छ । टोटनह्याम अहिले प्रिमियर लिगको दोस्रो स्थानमा छ ।
इंग्लिस प्रिमियर लिग
टोटनह्याम
हेरी काने