म्यानचेस्टर सिटी लिगको तेस्रो स्थानमा उक्लिन सफल
फागुन–२३ । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिन सफल भएको छ । लिगअन्तर्गत आइतबार राति भएको खेलमा सिटीले सन्डरल्याण्डलाई २–० ले पराजित गर्दै माथि उक्लिएको हो ।
सिटीको जितको लागि सर्जियो अग्युरो र लिरोय सेनले गोल गरे । खेलको ४२ औं मिनेटमा गोल गर्दै अग्युरोले सिटीको लागि सुरुवाति अग्रता दिलाएका थिए । त्यस्तै ५९ औं मिनेटमा सेनले गोल गर्दै सिटीलाई २–० को जित दिलाए ।
जितपछि २६ खेलबाट ५५ अंक जोड्दै सिटी तेस्रो स्थानमा उक्लिएको हो । ५२ अंक भएको लिभरपुल चौथो स्थानमा झरेको छ । समान खेल खेलेको चेल्सी ६३ अंकका साथ लिग तालिकाको शीर्ष स्थानमा छ भने २७ खेल खेलेको टोटनह्याम ५६ अंकका साथ दोस्रो स्थानमा छ ।
म्यान अफ दि म्याच भएका सिल्भाले गोलका लागि अवसर सिर्जना गरेका थिए ।
इंग्लिस प्रिमियर लिग
म्यानचेस्टर सिटी