समाज

तराई–मधेसको अवरोधप्रति बारको गम्भीर ध्यानाकर्षण

तराई–मधेसको अवरोधप्रति बारको गम्भीर ध्यानाकर्षण
फागुन - २३ । नेपाल बार एसोसिएसनले राजनीतिक दलले तराईको विभिन्न स्थानमा शान्तिपूर्णरुपमा सन्चालन गरेको सभा, सम्मेलन र गतिविधिमाथि बाधा–अवरोध पुर्‍याएको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बारका सचिव इन्द्रबहादुर अधिकारीले सोमबार प्रेस विज्ञप्ति जारी गरी तराई–मधेसमा शान्तिपूर्ण सभा–सम्मेलन गर्दा अवरोध, प्रदर्शन, अमर्यादित र मानवअधिकारविपरीत क्रियाकलापप्रति बारको ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा राजनीतिक दलहरुले संविधानप्रदत्त राजनीतिक अधिकार प्रयोग गर्नेक्रममा पूर्वनिर्धारित् कार्यक्रममा हस्तक्षेप गर्ने, आक्रमण गर्ने, चक्काजाम गर्नेजस्ता मानवअधिकारको मर्मविपरीत कार्य नगर्न/नगराउन आग्रह गरिएको छ ।

Nepal Bar Association

विशेष