पशुपतिनाथ मन्दिरमुनि खाल्डो
फागुन २४ । हिन्दु धर्मावलम्वीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौं लिटर पानी पूर्वी ढोका हुँदै ब्रम्हनालतर्फ बग्ने गरेको र बलौटे माटो भएकोकोले बीचमा चुहिएर खाल्डो पर्न थालेको हो । माटो र बालुवाको पत्र रहेको मन्दिरमुनिको भाग पानीले गाल्दै लगेको र अनगिन्ती ठूला मुसाले आउने जाने बाटो बनाएको पाइएको छ । इन्जिनियरिङ जियोजोलिस्ट रञ्जनकुमार दाहालले मन्दिर प्रयोग हुने पानी ब्रम्हनाल भएर बागमती नदीमा जाने क्रममा ठाउँठाउँबाट चुहिँदै जाने गरेको जानकारी दिए । –अन्नपूर्ण पोस्टबाट