मनोरञ्जन

सुन तस्करको पसल उद्घाटनमा धुर्मुस सुन्तलीलाई कसरी पुर्‍याइयो दुबई ?

सुन तस्करको पसल उद्घाटनमा धुर्मुस सुन्तलीलाई कसरी पुर्‍याइयो दुबई ?

फागुन २४ । तस्करी र दुई नम्बर धन्दामा संलग्नहरुले आफूहरुलाई समाजसेवीका रुपमा बढी नै प्रचार गर्ने गर्दछन् । हालै सिआइबीले बाहिर ल्याएको सुन तस्करहरुले पनि समाजसेवीको आवरण बनाइसकेका छन् । उनीहरुले चर्चित कलाकारहरु सिताराम कट्ेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीलाई समेत फसाएका छन् ।

गत २१ डिसेम्बरमा धुर्मुस सुन्तली दुबईस्थित बागमती जनरल ट्रेडिङ नामक पसलको उद्घाटन गरेका थिए । नेपाली व्यवसायीहरुले दुबईमा पुगेर यस्तो प्रगति गरेका भन्दै धुर्मुस सुन्तलीले प्रशंसा पनि गरे । यसरी प्रशंसा पाउने व्यक्तिहरु कुख्यात सुन तस्कर हरि खड्का, रोशन भुषाल लगाएत थिए । उनीहरुले आफ्नो पसलको उद्घाटनका लागि चर्चित कलाकारलाई दुबई लगेका थिए । पसल उद्घाटन मात्रै होइन उनीहरुले एकीकृत बस्तीका लागि भनेर खड्काले पाँचलाख सहयोग पनि गरेका थिए ।

सुन तस्करीबाट एक महिनामै उनले पाच करोड भन्दा धेरै कमाउदै आएका थिए । उनको समूहले पछिल्लो एक वर्षमा १५ सय केजी भन्दा धेरै सुन तस्करी गरिसकेको थियो । –दृष्टि साप्ताहिकबाट

विशेष