मनोरञ्जन

महिनावारीको विषयले दिलायो बरुणलाई स्याबासी

महिनावारीको विषयले दिलायो बरुणलाई स्याबासी
फागुन - २४ । बलिउड अभिनेता बरुण धवान यतिबेला फिल्म ‘बद्रीनाथकी दुल्हनीया’ को प्रचारमा व्यस्त देखिन्छन् । सामाजिक सञ्जालमा पनि उनी केही न केही लेखेर फिल्मको प्रचार गरिरहेका हुन्छन् ।
स्कुल गल्र्सको विषयलाई लिएर ट्वीट गरेपछि यति बेला उनको चर्चा चुलिएको छ । उनले महिलालाई हुने महिनावारीलाई लिएर ट्वीट गरेका थिए जसको कारण उनले वाही वाही पाएका हुन् । वरुणले ट्वीट गर्दै महिलालाई महिनावारी भएको समयमा स्कुल पठाउन अपिल गरेका थिए । उनले यस्तो समयमा कोही पनि महिलाले स्करल छुटाउन नहुने बताए । उनले आफ्नो ट्वीटबाट समाजका मानिसहरुको सोच बदल्ने कोशिश गरेका छन् ।
उनले एक फोटो सेयर गर्दै भारतमा हर ५ मा एक महिला महिनावारीका कारण स्कुल नजाने गरेको बताए । उनले सन्देश दिँदै लेखे, ‘महिलाको फेरि स्कुल पठाउन सहयोग गरौँ । मैले आफ्नो काम गरें अब तपाइहरुको पालो ।’

Barun Dawan बद्रीनाथकी दुल्हनीया

विशेष