देश

स्थानीय निर्वाचनका लागि भाेजपुरमा १३ दल दर्ता

स्थानीय निर्वाचनका लागि भाेजपुरमा १३ दल दर्ता
फागुन - २४ । स्थानीय निकायको निर्वाचनका लागि भोजपुर जिल्लामा १३ वटा राजनीतिक दलले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ। निर्वाचन आयोगमा दर्ता रहेका १११ दलमध्ये भोजपुरमा १३ दलले मात्र पार्टी दर्ता गराएका हुन्। दल दर्ता गर्नेमा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी एमाले, नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माले, नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल लोकतान्त्रिक, सङ्घीय समाजवादी फोरम नेपाल, जनजागरण पार्टी नेपाल, नेपाल परिवार दल र नेपाल कम्युनिस्ट पार्टी जनसमाजवादी रहेका छन् । स्थानीय तहमा सम्पर्क कार्यालय नभएकाले कतिपय पार्टीले दल दर्ता गर्न छुटाएको कार्यालयका सूचना अधिकारी दिव्यश्वरी शाक्यले बताइन्। गत माघ १७ गतेसम्म दल दर्ता गर्ने म्याद दिइएको थियो ।

bhojpur

विशेष