देश

चितवनका दुई होटलमा आगलागी, १५ लाखको क्षति

चितवनका दुई होटलमा आगलागी, १५ लाखको क्षति
फागुन - २४ । पूर्वी चितवनको कालिका नगरपालिका– ९ सम्फरर्‍याङमा मंगलबार बिहान दुई होटलमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। जुटपानी प्रहरी चौकीका अनुसार बिहान ८ बजे ठाकुर चेपाङका घरमा भाडा गरी होटल सञ्चालन गर्दै आएकी राधिका सारु मगरको होटलबाट सल्किएको आगोले सो होटल र सोही घरमा रहेको रामदेवी राईको होटलमा समेत आगो लागेको हो। आगलागीबाट होटल र घर पूरै क्षतिग्रस्त भएको प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक विशालकुमार बानियाँले बताए। उनका अनुसार आगलागीबाट होटलमा रहेका नगद, खाद्यान्न, लत्ताकपडालगायत घरसहित जलेर नष्ट भएको छ । स्थानीयवासी र प्रहरीले दुई घन्टाको प्रयासपछि आगो नियन्त्रणमा लिएका थिए । होटलमा खाना बनाउने क्रममा सल्किएको आगोले ठूलो रुप लिँदा आगलागी हुन पुगेको प्रहरीले जनाएको छ ।

Fire in Chitawan

विशेष