स्वास्थ्य

निजामती अस्पतालको क्षमता विस्तार गरिने

निजामती अस्पतालको क्षमता विस्तार गरिने
फागुन - २४ । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालको क्षमता विस्तार गरिने भएको छ । चीन सरकारले सहयोगमा करिब सय श्ययाको तीनतले नयाँ भवन बनाएर क्षमता विस्तार गर्न थालिएको सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवराम न्यौपानेले जानकारी गराए । उनका अनुसार भवन बनाउनका लागि चीन र नेपाल सरकारबीच सम्झौतासमेत भइसकेको छ । अहिले रहेको भवनको पश्चिमतिर अत्याधुनिक भवन बनाउन लागिएको हो । ‘‘चीन सरकारले भवन बन्ने ठाउँको स्थलगत अवलोकन गरिसकेको छ’’,उनले भने,‘‘सन् २०१८ सम्म भवन बनाइसक्ने योजना रहेको छ ।’’ यसअघि पनि चीन सरकारको सहयोगमा नै उक्त अस्पताल विसं २०६५ मा सञ्चालनमा आएको हो । अहिले अस्पतालमा एक सय ३४ श्यया छन् ।

Civil Hospital

विशेष