विचार समाज

सप्तरी घटनाबारे रवीन्द्र मिश्र भन्छन्, 'मर्माहत नहुने नेपाली को होला ?'

सप्तरी घटनाबारे रवीन्द्र मिश्र भन्छन्, 'मर्माहत नहुने नेपाली को होला ?'
रवीन्द्र मिश्र
फागुन - २४ । सप्तरीमा भएको घटानाबाट मर्माहत नहुने नेपाली को होला? झन मधेशीहरूको त आँगनमैं यस्ता घटनाहरु दोहोरीरहेका छन्। मृत्तकहरूको आत्मालाई चिरशान्ति र परिवारका सदस्यलाई धैर्य धारण गर्ने शक्ति मिलोस्। घाइतेहरुको छिटो स्वास्थ्यलाभ होस्! तुरून्त घटनाको छानविन होस् र दोषीमाथि कारवाही होस्। हरेक नेपालीको आत्मसम्मान, समानता र समृद्धिको चाहानाप्रति संवेदशिल हुनु सबैको दायित्व हो। जबसम्म राजनीतिक समस्याको समाधान विधिको शासनभित्र खोज्ने संस्कारलाई स्थापित गर्न सकिँदैन, दुखेको मनलाई राजनीतिक फाइदाका लागि उत्तेजित तुल्याउने प्रयास भैरहन्छ र निहित स्वार्थ पुर्तिका लागि कसैले सडक र कसैले संसद अवरूद्ध गरिरहन्छ, देशमा ढिलो-चाँडो यस्ता घटना दोहोरी रहन्छन्। दु:खका साथ भन्नु पर्छ, कुनै न कुनै निहुँमा राजनीतिका जिम्मेवार शक्तिहरूले नै यो विसंगतिलाई निरन्तरता दिइरहेका छन्। अब यो शिलशिला बन्द हुनै पर्छ। मेरा तराईका एकजना मित्र राम साह भन्छन्: आगोलाई आगोले होइन पानीले नै निभाउनु पर्छ। संभवत: त्यस्तै धारणा राख्ने भएर होला मैले तलको गीत लेखेको थिएँ, जुन नेपथ्यका अमृत गुरूङले गाएका छन्:
तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली – नामी नेपाली! विगतबाट सिक्ने हो, बोकी हिंड्ने होइन एकै ठाउँ बसिरहे, शिखर पुगिँदैन उहिलेका पीडा भुल्न सकौं मनको मैलो धुन सकौं अनि पो नेपाली – नामी नेपाली – हामी नेपाली ! हिमाल पहाड तराईमा सीमा कतै छैन मनको सीमा गहिरिए कहिले मेटिंदैन माफी हामी गर्न सकौं सदभाव धेरै छर्न सकौं अनि पो नेपाली – नामी नेपाली – हामी नेपाली ! रवीन्द्र मिश्रकाे फेसबुक पेजबाट

Rabindra Misra

विशेष